Logo

बाह्रौं जुत्ताचप्पल औद्योगिक प्रदर्शनी मेला पुस ९ देखि, ८० स्टल रहने

बाह्रौं जुत्ताचप्पल औद्योगिक प्रदर्शनी मेला पुस ९ देखि, ८० स्टल रहने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आगामी पुस ९ गतेदेखि बाह्रौ जुत्ताचप्पल औद्योगिक प्रर्दशनी शुरु हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफम्यान)को आयोजनामा उक्त प्रर्दशनी हुन लागेको हो । एफम्यानले प्रत्येक वर्ष नेपाली जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्दै आएको छ ।

यस वर्ष ‘आत्म निर्भरताको आधार, स्वदेशी उत्पादनको प्रयोग’ प्रयोग भन्ने मुल नाराका साथ उक्त प्रदर्शनीको आयोजना गरिएको एफम्यानका महासचिव तथा मेला संयोजक मनोज श्रेष्ठले बताए । ‘हामीले यस पटक चुत्ता तथा चप्पलको विक्री भन्दा पनि स्वदेशमा उत्पादित जुत्ता तथा चप्पलको वारेमा जानकारी दिने उद्देश्य लिएका छौं,’ उनले भने, ‘मेलामा पछिल्लो पटक बनेका आकर्षक डिजाइनका जुत्ता तथा चप्पल राखिने छ ।’

एफम्यानले गत वर्षदेखिे भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना शुभारम्भ गरेको प्रदर्शनी यस वर्ष पनि सोहि स्थानमा हुने छ । नेपालका सम्पूर्ण छाला जुत्ता तथा चप्पल कम्पनीहरुको एउटै छाना मुनी प्रदर्शन र विक्री हुने भएकोले यो प्रदर्शनीले उपभोक्ताहरुको विश्वास जित्न सफल हुने र अघिल्ला प्रदर्शनी भन्दा पृथक हुने आयोजकको दावी छ ।

मेलामा ८० भन्दा बढी स्टल रहने छन् । एफम्यानले गत वर्ष सयभन्दा बढी स्टल राखेको थियो । तर, यसपटक भारतीय नाकाबन्दी तथा देशको राजनीतिक अस्थिरताले गर्दा स्टल संख्या घटाइएको समेत आयोजकले जानकारी दिएको छ । आयोजकले आजैदेखि स्टल बुकिङ समेत खुला गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL