Logo

सेयर बजार अस्वभाविक बढेसँगै लगानीकर्तालाई नेप्सेको सुझावः नोक्सानी कम गर्न कम्पनीको बिश्लेषण गरी लगानी गर्नु

सेयर बजार अस्वभाविक बढेसँगै लगानीकर्तालाई नेप्सेको सुझावः नोक्सानी कम गर्न कम्पनीको बिश्लेषण गरी लगानी गर्नु



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रकम तथा नेप्से परिसुचक हालसम्मकै उच्च बिन्दुमा पुगेपछि लगानीकर्तालाई सहज रहन जारी गरेको छ । मंगलबार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको र कारोबार रकम समेत नेप्से इतिहासमै हालसम्मको बढी भएसँगै नेप्सेले विज्ञप्तीनै जारी गरेर लगानीकर्तालाई उक्त सुझाव दिएको हो ।

laxmi

‘मंगलबार १ लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोेड ९३ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड ३१ लख ३१ हजार ६१५ कित्ताको सेयर कारोबार भएको छ, नेप्से परिसुचक २७९३.८९ को बिन्दुमा पुगेको छ, कारोबार रकम, कारोबार संख्या र बजार परिसुचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ कीर्तिमान कायम भएको छ,’ नेप्सेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेप्सेका अनुसार २०७६ कार्तिक २० गतेबाट पुर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको छ । हाल ६ लाख भन्दा बढि लगानीकर्ताहरुले टिएमस को युजरनेम र पासवर्ड लिएको समेत नैप्सेले जानकारी दिएको छ ।

दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताहरुले सेयर मूल्यमा प्रभाव पार्न सक्ने धेरै भन्दा धेरै सूचनाहरु संकलन तथा बिश्लेषण गर्नपर्ने नेप्सेको भनाई छ । ‘आफुले लगानी गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको संभावना, नाफा नोक्सानीको स्थिति लगयतका आधारभुत पक्षको विष्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम कम्पनीको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ,’ उक्त विज्ञप्तीमा उल्लेख छ । साथै यस किसिमको आधारभुत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सान कम गर्न मद्दत गर्ने समेत नेप्सेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL