Logo

सीईडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड, २ लाख ३४ हजार बढिले हात पारे १ कित्ता सेयर

सीईडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड, २ लाख ३४ हजार बढिले हात पारे १ कित्ता सेयर



काठमाडौं । सीईडीबी हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बिहीबार बिहान ११ बजे अनलाइन मार्फत बाँडफाँड गरेको उक्त आईपीओमा २ लाख ३४ हजार १ सय ९५ जनाले सेयर हात पारेका छन् ।

laxmi

क्यापिटलका अनुसार उनीहरुलाई १० १० कित्ताको दरले २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर बाँडफाँड गरिएको हो । कम्पनीले सर्वसाधारणमा २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा सर्वसाधारण तर्फबाट १० दशमलव ५२ गुणा बढी आवेदन परेको थियो ।

सेयरमा परेको कूल आवेदनमध्ये १६ लाख ८५ हजार ६ सय २७ जनाले २ करोड ४६ लाख ५७ हजार ३५ कित्ता सेयरको लागि दिएको आवेदन योग्य रहेको छ भने १६ लाख ३७ हजार ६ सय ५९ कित्ता सेयरका लागि ४८ हजार ३ सय २२ जनाले दिएका आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।

त्यस्तै, म्युचुअल फण्डलाई १ लाख २५ हजार ९ सय ११ कित्ता र कर्मचारीलाई ५० हजार ३ सय ६५ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जानकारी गराएको छ । कम्पनीले सर्वसाधारण सहित अन्य सबैलाई गरी कूल २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL