Logo

सेयरलाई जुवाघरमा परिणत गर्दै बिशाल बजार, किनेर खातामा आईपुग्दा ४० प्रतिशतले घट्यो मूल्य

सेयरलाई जुवाघरमा परिणत गर्दै बिशाल बजार, किनेर खातामा आईपुग्दा ४० प्रतिशतले घट्यो मूल्य



काठमाडौं । विशाल बजार कम्पनीको सेयरले लगानीकर्तालाई जुवाघरको झल्को दिएको छ । बिहीबारको उच्च मूल्यमा बिशाल बजारको सेयर खरिद गरेका लगानीकर्ताको आज (सोमबार) सेयर आफ्नो खातामा आईपुग्दा उक्त मूल्यमा ४० प्रतिशतले गिरावट आएसँगै उक्त कम्पनीको सेयर जुवाको झल्को दिएको हो ।

laxmi

लगानीकर्ताले बिहीबार उच्च मूल्य प्रतिकित्ता ८२०८ पुगेको थियो । तर सोही दिन उक्त कम्पनीको सेयर उच्च मूल्यमा खरिद गर्ने लगानीकर्ताले २० प्रतिशत गुमाएका थिए । सोही अनुरुप सेयर खरिद गरेको कोरोबार हुने पहिलो दिन अर्थात आईतबार पनि १० प्रतिशतले मूल्य गुमाए भने आज (सोमबार) आफ्नो खातामा सेयर आईवपुग्दा खरिद मूल्यबाट ४० प्रतिशत मूल्य गुमाइसकेका छन् ।

सोमबार पनि बिशाल बजारको सेयरमा बिक्रीकर्ताको मात्रै चाप रहेको छ । बिहीबार पनि ९.९९ प्रतिशत मूल्य घटेर प्रतिकित्ता ५४४१ मा झरेको सेयरको बिक्रीकर्ताको चाप रहँदा खरिदकर्ता भने एकजना पनि भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL