Logo

सामान्य घट्यो नेप्से, कारोवार रकम भने बढ्यो

सामान्य घट्यो नेप्से, कारोवार रकम भने बढ्यो


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । बुधबार नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । मंगलबार उच्च रुपमा बढेको नेप्से परिसुचक बुधबार ३ दशमलव ६ अंकले मात्र ओरालो लागेको छ । बीचमा सम्हालिँदै नेप्से परिसुचक १ हजार ६२ दशमलव ७८ अंकमा झरेर अडिएको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक ३६ अंकले घटेको छ । यसैगरी, बैंकिङ समुह पनि ६ भन्दा बढी अंकले घटेको छ भने होटल समुह झण्डै ७ अंकले ओरालो लागेको छ । बजारमा विकास बैंक लगायत अन्य समुहको परिसुचक भने सामान्य बढेको छ ।

बुधबार कारोवार रकम भने बढेको छ । मंगलबार १८ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएकोमा आज बढेर २९ करोड रुपैयाँ पुगेको छ । दिनभर १ सय ६ वटा कम्पनीको ६ लाख १२ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL