Logo

अपडेटः नेप्से ओरालो लाग्नेक्रम जारी, १ बजेसम्म ७ अंकले घट्यो

अपडेटः नेप्से ओरालो लाग्नेक्रम जारी, १ बजेसम्म ७ अंकले घट्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

९ मंसिर, काठमाडौं । मंगलबार पनि नेप्से परिसुचक ओरालो लाग्ने क्रम जारी रहेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से दिउँसो १ बजेसम्म ६ दशमलव ७२ अंकले घटेको छ । सो अवधिमा परिसुचक ८ सय ५७ विन्दुमा झरेको छ ।

उक्त अबधिमा जदविद्युत् समुह सवैभन्दा बढी ५५ दशमलव ४९ अंकले घटेको छ भने बीमा समुह ४५ दशमलव ८८ अंकले घटेको छ । यस्तै बैंकिङ समुह पनि ६ दशमलव ५२ अंकले घटेको छ । अहिलेको अवस्थासम्म होटेल समुह बाहेक अन्य सवैको परिसुचक ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले डिम्याट (विद्युतीय अभिलेख र अभौतिक) भएका सेयरको धितोमा कर्जा लिन पाउने व्यवस्था गरेपछि बजार बढ्ने आशा गरिएपनि ठिक त्यसको विपरित नेप्से परिसुचक भने घट्दै गएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL