Logo

सेयर बजारमा चलखेल गर्ने ‘हतियार’ बन्दै नबिल बैंक, किन मौन बस्दैछन् नियामक र सम्बद्ध कम्पनी

सेयर बजारमा चलखेल गर्ने ‘हतियार’ बन्दै नबिल बैंक, किन मौन बस्दैछन् नियामक र सम्बद्ध कम्पनी



काठमाडौं । पछिल्लो समय सेयर बजारले नयाँ उचाई कायम गरिरहँदा वाणिज्य बैंकहरुको सेयर मूल्य बढाउने हतियार बन्न पुगेको छ नबिल बैंक । न्यूनतम विन्दु ११ सय अंकमा झरेर उचाई लिएको नेप्सेले २६ सय अंक पार गर्दा पनि बाणिज्य बैंकहरुको सेयर मूल्यमा वृद्धि नुहँदा पछिल्लो समय विभिन्न स्वार्थ समुहले अब्बल बैंकसँग कमजोर बैंकको मर्जर तथा एक्विजिशनको हल्ला फैलाउँदै मूल्यमा चलखेल गर्दै आएका छन् ।

laxmi

जसको गतिलो उदाहरणको पात्र बन्न पुगेको छ नबिल बैंक । नबिल बैंक संचालकले आफुहरुले कुनै बैंक तथा वित्तीय संस्थालाई एक्वाएर गरेर अब्बल बैंक बन्न लागेको बताउँदै आएका छन् । नबिलले एक्वाएर गर्ने संस्थाको टुङ्गो लगाईसकेका छैन । तर विभिन्न स्वार्थ समुहले भने त्यसैलाई आधार मानेर बजारमा कमजोर बैंकसँग मर्जर तथा एक्विजिशनको हल्ला फैलाएर मूल्यमा चलखेल गर्दै आएका छन् । सुरुमा चौधरी समुहको नबिल तथा युनाईटेड फाइनान्स दुबैमा लगानी रहेको भन्दै नबिलले खरिद गर्ने हल्ला फैलाएर युनाईटेड फाइन्नान्सको सेयरमा उच्च मूल्य वृद्धि गरियो । जसका कारण प्रतिकित्ता मूल्य २६० रुपैयाँ आसपास रहेको सो कम्पनीको मूल्य करिव ४ सय रुपैयाँको हाराहारीमा पुर्याए ।

युनाईटेडको सेयर मूल्यमा खेलिसकेपछि तीनै समुहले नबिल बैंकका मुख्य मालिक बिनोद चौधरीले नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को ठूलो मात्रामा सेयर उठाएको र अब नबिल र एनसीसी बैंक मर्जर हुने पक्का जस्तै भएको भन्ने हल्ला फैलाएर सो कम्पनीको पनि मूल्यमा खेले । सोही हल्लाका कारण प्रतिकित्ता २६० रुपैयाँको आसपासमा रहेको एनसीसी बैंकको सेयर मूल्य करिव ४ सय नजिक पुर्याए । सेयर मूल्य उच्च विन्दुमा पुर्याएर बजारमा हल्ला फैल्याउने स्वार्थी समुह बाहिरिदा अहिले सो बैंकको सेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँमा झरेको छ ।

सिमित स्वार्थ समुहले कमजोर अवस्थामा रहेका र सेयर मूल्य कम भएका बैंकहरुसँग नबिल बैंकको नाम जोड्दै करिव आधा दर्जन बैंक तथा वित्तीय संस्थाको सेयर मूल्यमा खेल्ने खेलिसकेका छन् । सोही क्रममा बजारमा नबिल र सिद्धार्थ बैंकको मर्जरको हल्ला चलाईयो । तर सिद्धार्थ बैंकले भने विज्ञप्ती नै जारी गरेर आफुहरुले अहिले कुनै पनि बैंकसँग मर्जरको विषयमा कुरा अघि नबढाएको जानकारी गराएपछि उक्त विषय त्यतिकै सेलाउन पुगेको थियो ।

त्यसपछि पुनः सेञ्चुरी बैंकलाई एक्वाएर गर्ने भन्दै बजारमा ठूलो हल्ला चलाईयो । कतिपयले सेञ्चुरी बैंकलाई नबिलले लिने विषय अन्तिम चरणमा पुगेको र अब दुबै बैंकबीच समझदारी पत्रमा हस्ताक्षर हुन मात्रै बाँकी रहेको भनियो । जसका कारण प्रतिकित्ता २ सय रुपैयाँको हाराहारीमा रहेको सो बैंकको सेयर मूल्य छोटो समयमै उच्च वृद्धि गर्दै ३ सय आसपास पुर्याइयो । नबिलसँग नाम जोडेर सेञ्चुरी बैंकको सेयर मूल्यमा लामो समयसम्म खेलेका स्वार्थ समुहले यो हप्तादेखि नेपाल बंगलादेश (एनबी) बैंकसँग नाम जोडेर मूल्यमा खेल्न थालेका छन् । जसका कारण लामो समय स्थिर जस्तै रहँदै आएको एनबी बैंकको सेयर मूल्य बिहीबार मात्रै बढेर सर्किट हान्न पुगेको थियो ।

पछिल्लो समय नियामक निकायको लाचारीपना र सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आ–आफ्नो जवाफदेहिताबाट पन्छिदा सेयर बजारमा सिमिति स्वार्थ समुहले खेल्ने मौका पाएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बजारमा जुनजुन बैंकसँग नबिलको नाम जोडिएर अनावश्यक रुपमा सेयर मूल्यमा खेल्ने काम भइरहेको छ यदि उनीहरुमा जवाफदेहिता थियो भने वास्तविकता के हो विज्ञप्ती जारी गरेर लगानीकर्तालाई जानकारी गराउनु पर्दथ्यो,’ एक लगानीकर्ताले भने, ‘बजारमा यसरी नाम जोडेर सेयर मूल्यमा चलखेल हुँदा जसरी सम्बन्धित बैंकहरु मौन बसेका छन् यसले पक्कै पनि उनीहरुको पनि संलग्नता छ कि भन्ने शंका उत्पन्न गरेको छ ।’

पछिल्लो समय पाँच ओटा वित्तीय संस्थासँग नाम जोडेर सेयर मूल्यमा चलखेल हँदा नबिल बैंकले पनि विज्ञप्ती जारी गरेर लगानीकर्तामाझ आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने ती लगानीकर्ताको भनाई थियो । ‘उदाहरणका लागि बजारमा उक्त हल्ला आउनुमा नबिल बैंकको कुनै दोष थिएन होला तर आफ्नो नाम जोडेर सेयर मूल्यमा चलखेल गर्दा वास्तविक कुरा त लगानीकर्तालाई जानकारी दिनुपर्छ नि,’ ती लगानीकर्ताले भने, ‘नबिलसँग जुन बैंकसँग नाम जोडिएको ती बैंकले पनि विज्ञप्तीमार्फत लगानीकर्तालाई जानकारी दिनुपर्छ ।’ साथै यस विषयमा नियामक निकायले आफ्नो जिम्मेवारीबाट पन्छिएर लाचारीपना देखाउँदा अझै बढी समस्या उत्पन्न भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यस विषयमा बुझ्दा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले अहिलेसम्म आफुहरुले मर्जर तथा एक्विजिशनको विषयमा कुनै पनि कुरा अघि नबढेको बताउँछन् । ‘अहिले नबिलसँग नाम जोडेर जतिपति बैंकसँग मर्जर तथा एक्विजिशनको नाम बजारमा आएको छ त्यस विषयमा म आफैलाई केही जानकारी छैन,’ उनले भने, ‘भविश्यमा हामीले आफ्नो स्टे«न्थ बढाउन कुनै बैंकसँग मर्जर तथा एक्विजिशन गर्न सकिएला तर अहिलेसम्म हामीले मर्जर कमिटि समेत गठन गरेका छैनौं ।’ तर पछिल्लो समय मर्जरको नाम जोडेर सेयर बजारमा चलखेल गर्नका लागि नबिल बैंकलाई हतियारको रुपमा प्रयोग गर्दै आएको समेत उनको भनाई छ । साथै यस विषयमा नियामकको समेत ध्यानाकर्षण हुनुपर्ने पौड्याल बताउँछन् ।

यसैगरी नियामक निकाय नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद भने यस विषय आफुहरुको ध्यानाकर्षण भएको बताए । ‘नबिलसँग मर्जरको हल्ला चलेसँगै एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानासँग मौखिम रुपमा स्पष्टिकरण सोधिसकेको छु,’ उनले भने, ‘आज शुक्रबार भयो आईतबारसम्म के जवाफ आउँछ त्यसपछि थप नयाँ स्टेप चाल्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL