Logo

एक घर एक रोजगारीको लागि ओरेन्टो मल्टिट्रेड स्थापना, प्रत्येक टोलमा बिक्री कक्ष

एक घर एक रोजगारीको लागि ओरेन्टो मल्टिट्रेड स्थापना, प्रत्येक टोलमा बिक्री कक्ष



काठमाडौं । एक गाउँ एक उत्पादन, एक टोल एक बिक्री कक्ष र एक घर एक रोजगारीको उद्देश्यले नेपाल ओरेन्टो मल्टिट्रेड स्थापना भएको छ ।

laxmi

नेपालीहरु विश्व श्रम बजारमा लेबरदेखि माथिल्लो तहसम्मका काम गर्न विदेश जाने गरेका छन् । नेपाली र विभिन्न देशहरुका नागरिक मिलेर दुबईमा सन् २०१९ मा ओरेन्टो मल्टिट्रेड प्रालि सञ्चालमा ल्याएका थिए । त्यो कम्पनी नेपालमा पनि स्थापना भएको हो ।

कम्पनीका संस्थापक अशोक विष्टले विदेशमा जान बाध्य अवस्थालाई अन्त्य गरि नेपालको हावा र पानीमा नै उत्पादन भएका जडिबुटीको प्रयोग गरेर अर्गानिक दैनिक उपभोग्य बस्तु उत्पादन गरि बजारमा बिक्री हुने बताए ।

विदेशबाट आयात हुने बस्तुको आयात कम गरि स्वादेशी बस्तुको उपभोग वृद्धि गर्ने र प्रत्येक घर घरलाई रोजगारीसँग जोडने काम सो कम्पनीले गर्ने छ ।

ओरेन्टो मल्टिट्रेड प्रालि ५ करोडमा स्थापना भएको कम्पनी हो । विस्तारै यो कम्पनी देशैभर खुल्ने बताईएको छ । हाल सो कम्पनीले कस्मेटिक र दैनिक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योग नेपालमा नै स्थापना गरेको छ ।

नेपालको ७७ वटै जिल्लाका साना, घरेलु तथ मझौला व्यवसायीहरुलाई जोडेर नेपालको उत्पादन विश्व बजारमा पुर्याउने उद्देश्यले सो कम्पनी नेपालमा स्थापना भएको हो ।

ओरेन्टोड मल्टिट्रेड प्रालिका अर्का स्थापक राकेश पन्तले विश्व बजारमा नेपालीले गरेको उत्पादन पुर्याउने उद्देश्यले सन् २०१९ मा दुबैमा कम्पनी स्थापना भएको बताए ।

यो कम्पनीले ७७ वटै जिल्लाका उत्पादन र उपभोक्तालाई जोडेर देशैभर बस्तु उत्पादन र उपभोग गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ७ वटै प्रदेशमा कार्यलय स्थापना गरी सबै प्रदेशलाई स्थानीय उत्पादनसँग जोड्ने छ ।

कम्पनी स्थापनाको कार्यक्रमा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले ओरेन्टो मल्टिट्रेड प्रालिले सबै साना उत्पादकहरुलाई जोड्ने र बजारको व्यवस्थासम्बन्धीसमेत काम गर्ने भएकोले देशमा नै उत्पादन वृद्धि भइ विदेशबाट आउने बस्तुलाई रोक्न सहयोग गर्ने बताए ।

उनले भने ‘नेपाली बजारमा रामदेबको नाम जोडेर कुनै बस्तु बजारमा ल्याउदा सजिलै बिक्री हुने अवस्था रहेको छ । तर नेपाली बस्तु उत्पादन गरेर पनि व्यापारको पोलिसी नभएको कारणले बजार पाउन अप्ठ्यारो भएको छ ।’

उद्योग स्थापना र बस्तु निर्यातमा समस्या भए महासंघले सहजिकरण गर्न सहयोग गर्ने कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL