Logo

राजेशकाजी श्रेष्ठको नेतृत्वमा खुल्यो ‘अलेभ केबाब सल्टनेट’, पोखरा सहित ५ स्थानमा आउटलेट खोल्दै

राजेशकाजी श्रेष्ठको नेतृत्वमा खुल्यो ‘अलेभ केबाब सल्टनेट’, पोखरा सहित ५ स्थानमा आउटलेट खोल्दै



काठमाडौं । काठमाडौंमा ‘अलेभ केबाब सल्टनेट’ रेष्टुराँ संचालनमा आएको छ । विशेषगरी मध्यपूर्वका विभिन्न देशका पारखीहरुलाई लक्षित गरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ सहितको टीमले काठमाडौंमा उक्त रेष्टुराँ संचालनमा ल्याएका हुन् ।

laxmi

उक्त रेष्टुराँको फ्रेन्चाईजीलाई देशैभर विस्तार गर्ने लक्ष्य सहित पहिलो चरणमा काठमाडौंको टंगालमा उक्त रेष्टुराँ संचालनमा ल्याइएको संचालक कृष्ण पौडेलले जानकारी दिए । विशेषगरी ‘हलाल’ खाना केन्द्रित सो रेष्टुराँमा कबाब, डोनर–कबाब, बाकलाभा, डोल्का, सौर्मा लगायतका परिकारको पाईने छ ।

हाल रेष्टुराँले मध्यपूर्वी देशको खानाको स्वाद दिलाउनका लागि टर्कीबाटै कुक ल्याएर खानाका परिकार बनाउँदै आएको छ । ‘हामीले ग्राहकलाई हलाल खाना तथा मध्यपूर्वी देशमा पाईने खानाको स्वाद दिलाउनका लागि सोही मुलुकबाट कुक ल्याएर खाना बनाउँदै आएका छौं,’ सचालक पौडेलले भने, ‘हाम्रो मेनुमा हम्मुस, ताहिनी, फालाफेल लगायतका मध्यपूर्वी देशमा बढी रुचाईने परिकारहरु पाईने छ ।’

रेष्टुराँले मध्यपूर्वीय देशको खानाको स्वाद दिनका लागि मसला समेत विदेशबाटै ल्याएर खाना बनाउने छ । विश्वव्यापी रूपमै दस्वास्थ्यवद्र्ध मानिदै आएको हलाल खानालाई अलेभमा शाकाहारी, मांसाहारी र मिठाइ गरी तीन किसिमका परिकार पाईने छ । युरोपको सभ्यतासँग जोडिएको उक्त खानाको परिकार पस्कन रेष्टुराँले सोका लागि मसला समेत विदेशबाटै ल्याउने गरेको जानकारी दिएको छ ।

संचालक पौडेलका अनुसार सो रेष्टुँरामा एकपटकमा ६० जनालाई सेवा दिने सकिने छ । हाल एक ठाउँमा मात्र संचालनमा ल्याएको सो रेष्टुराँको फ्रेन्चाईजी काठमाडौंका पाँच तारे होटल, पोखरालगायतका स्थानमा समेत विस्तार गरिने संचालक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL