Logo

बैंकर रविना श्रेष्ठ बनिन् फोनिक्स अवार्डको सदभावना दूत

बैंकर रविना श्रेष्ठ बनिन् फोनिक्स अवार्डको सदभावना दूत


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

१२ असोज,काठमाडौं । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ एसियामै प्रतिष्ठित गोल्डेन फोनिक्स अवार्डको सद्भावना दूत चयन भएकी छिन् ।

एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसनले उनलाई सद्भावना दूत नियुक्त गरेको हो । मलेसियाबाट हरेक बर्ष एसियाका उत्कृष्ट उद्यमी तथा पेशाकर्मीलाई विभिन्न अवार्ड दिँदै आएको फेडेरेशनले श्रेष्ठलाई नेपालबाट पहिलोपटक सद्भावना दूत नियुक्त गरेको बताइएको छ । उनले उहाँले गतबर्ष ‘२१ औँ शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ जितेकी थिइन् । अवार्ड पाएको १ बर्षमै सद्भावना दूत नियुक्त हुन पाउँदा निकै नै गर्व लागेको बैंकर श्रेष्ठले बताइन् ।

साथै नेपालका प्रतिभावान व्यक्तिहरुलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन र अवार्डमा प्रतिस्पर्धाका लागि आफूले भूमिका खेल्ने उनले जानकारी दिइन् ।

श्रेष्ठसँगै हङकङ, सिंगापुर, जापान, इन्डोनेशिया लगायतका देशका लागि फेडेरेशनले सद्भावना दूत नियुक्त गरेको छ । मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धक तथा चिफ बिजेनश अफिसर श्रेष्ठले गतबर्ष मलेसियाबाट गोल्डेन फोनिक्स अवार्ड र सिंगापुरबाट लेडी अफ एक्सिलेन्स अवार्ड जितेकी थिइन् ।

भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी उनले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL