Logo

मंसिर २७ गते एनसेल पर्पल फेष्ट हुने, सोनु निमग र कपिल शर्मा नेपाल आउँदै

मंसिर २७ गते एनसेल पर्पल फेष्ट हुने, सोनु निमग र कपिल शर्मा नेपाल आउँदै


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता । २९ कात्तिक, काठमाडौं । एनसेलले यहि मंसिर २७ मा सांगीतिक तथा मनोरञ्जात्मक कार्यक्रम ‘एनसेल पर्पल फेष्ट’ आयोजना गर्ने भएको छ । आफ्ना ग्राहकहरुलाई मनोरञ्जन दिलाउन भन्दै एनसेलले दशरथ रंगशालामा यस्तो कार्यक्रम गर्ने भएको हो ।

पर्पल फेष्टमा नेपाली तथा भारतीय कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । कार्यक्रममा भारतका चर्चित गायक सोनु निगम र हास्यव्यङ्ग कलाकार कपिल शर्मा उपस्थीत हुने छन् । उनीहरुलाई नेपाली गायकहरु सुगम पोखरेल र यम बुद्घ तथा हास्य कलाकारद्वय जीतु नेपाल र विल्सन विक्रम राईले साथ दिने छन् ।

यहि कात्र्तिक ३० देखि मंसिर २६ गतेसम्म १ जी बी वा त्योभन्दा धेरै डाटा एक्टिभेट गर्ने एनसेलका कुनै पनि ग्राहकहरुले काठमाडौं उपत्यका कुनै पनि तथा वनेपाका एनसेल सेन्टरबाट पर्पल फेष्टको टिकट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकको सहजताका लागि एनसेलले तीन प्रकारका टिकटहरु उपलब्ध गराउने छ । कर वाहेक रु २ हजार ९ सय ९९ मूल्य रहेको १० जीबी प्याकको खरिद गर्नेले गोल्ड टिकट, कर वाहेक रु १ हजार ३ सय ९८ मुल्यको २ जीबी (१ जीबी प्लस १ जीबी प्याक) खरिद गर्नेले सिल्भर टिकट र कर वाहेक रु ६ सय ९९ रहेको १ जीबी डाटा प्याक खरिद गर्नेले ब्रन्ज टिकट प्राप्त गर्नेछन् ।

साथै ग्राहकले एउटा नम्बरबाट धेरैमा ३ वटा टिकट प्राप्त गर्न सक्नेछन् । ग्राहकले चाहेमा एकै प्रकारका वा फरक–फरक प्रकारका टिकट लिन सक्छन् । ग्राहकले एनसेल सेन्टरबाट टिकट लिनु पर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL