Logo

कोरोना संक्रमितलाई बचाउने सरल उपाय, यस्तो छ डाक्टरको सुझाव

कोरोना संक्रमितलाई बचाउने सरल उपाय, यस्तो छ डाक्टरको सुझाव



काठमाडौं । एकाविहानै मंगला नरसिंहालाई अर्जेन्ट कल आयो । उनका ४० बर्ष अघिको साथीलाई कारोना भाईरस सँगै बेहोस भएको सूचना आयो । उनका साथिलाई अस्पतालमा भर्ना गरियो र आईसीयुमा लैजाने कुरा भयो । उनले अर्का डाक्टरलाई भनेर उनका साथी अर्थात विरामीलाई पेट भएको तर्फतिर सुताउन अर्थात घोप्टो पारेर सुताउन आदेश दिईन र त्यसले काम गर्याे । विरामीलाई आइएसीयुमा लिनु परेन । घोप्टो पारेर सुताउँदा फोक्सोमा दवाव पर्न गई स्वासप्रश्वासमा सहयोग पुग्यो ।

laxmi

पछिल्लो समय कोरोना भाईरसले विश्वमा फैलिएको महामारीका कारण धेरैको ज्यान गईरहेको छ । विज्ञहरुका अनुसार कोरोनाका कारण मृत्यु हुनेहरु खासगरी स्वासप्रश्वाससम्बन्धी समस्या (आर्ड्स)का कारण मृत्यु हुने सम्भावना अत्याधिक रहन्छ । यस्तो बेलामा ईन्फ्लुएन्जा तथा निमोनियाका विरामीहरुको पनि यसै कारण मृत्यु हुन्छ ।

८ बर्षअघि ईंगल्याण्डको एक स्वास्थ्यसम्बन्धी जर्नलमा फ्रान्सेली डाक्टरले भेन्टीलेटरमा रहेका विरामीलाई पनि पेटतर्फ सुताउँदा बचाउन सकेको उल्लेख गरेका थिए । स्वासप्रश्वाससम्बन्धीका विरामीलाइ अपनाईने उक्त प्रक्रिया अब कोरोना भाईरस संक्रमितलाई पनि प्रयोग गर्न थालिएको छ । अमेरिकाका प्रायजसो डाक्टरहरुले हाल यसै प्रक्रियाको अवलम्बन गर्ने गरेका छन् ।

डाक्टरहरुले स्वासप्रश्वाससम्बन्धी समस्या भएका विरामीलाई घोप्टो पारेर सुताएपछि रगत तथा फोक्सोमा अक्सिजन पुर्याउने प्रक्रियामा ८५ देखि ९८ प्रतिशतसम्म सहज हुने बताएका छन् ।
भेन्टीलेटरमा रहेका विरामीलाई प्रतिदिन कम्तिमा पनि १६ घण्टा घोप्टो पारेर सुताउनु आवश्यक हुन्छ । यदी विरामीलाई पछाडीतर्फ सुताएर राखेमा फोक्सोमा असर पर्ने देखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL