काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमाबार बसेको बैंकको सञ्चालक समितिको ३०१औं बैठकको अध्यक्षता गरी कार्कीले सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम बुझना र डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दीर्घ रावललगायत बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।
२०८१, ७ पौष २९ गते सम्पन्न बैंकको २३ औँ वार्षिक साधारणसभामा सर्वसाधारण समूहका शेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैकको सञ्चालकमा निर्वाचित भएका कार्की असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको २०औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन् ।