Logo

कति कमाउँछन, कति खर्च गर्छन औसतमा अमेरिकीहरु ?

कति कमाउँछन, कति खर्च गर्छन औसतमा अमेरिकीहरु ?



काठमाडौं । तपाईँलाई थाहा छ ? हामीले सन २०१९ भरी कति खर्च गर्याैँ ? यस्तो हिसाव कसैकसैले मात्रै राख्छन । तर हालै अमेरिकाको एक ‘क्रेडिट रिपोर्ट कम्पनी’ले अमेरिकाका मानिसहरुले बर्षभरी कति खर्च गरे र कति कमाए भन्ने प्रतिवेदन निकालेको छ ।

laxmi

प्रतिवेदनका अनुसार सन २०१९ भरी अमेरिकामा प्रतिघरधुरीले औसतमा ७९ हजार ८ सय ३४ डलर आम्दानी गरेका थिए । जुन अघिल्लो बर्षको तुलनामा २ दशमलव ७ प्रतिशतले बढी हो ।

प्रतिवेदनका अनुसार सन २०१८ मा प्रतिघरधुरी आम्दानी ७७ हजार ७ सय ६२ डलर थियो ।
तर नराम्रो कुरा के भने अमेरिकीहरुले विभिन्न ३ कुरामार्फत धेरै खर्च गर्ने गरेको पनि उक्त प्रतिवेदनले औँल्याएको छ । जुन दिनानुदिन बढ्दै गईरहेको छ ।

उक्त प्रतिवेदनका अनुसार अमेरिकीहरुले आफुले कमाएको जत्तिके खर्च पनि गर्ने गरेका छन । उनिहरुले सन २०१९मा औसतमा क्रेडिट कार्डमार्फत ६ हजार १ सय ९४ डलर खर्च गरेका छन, जुन अघिल्लो बर्षको तुलनामा ३ प्रतिशतले बढी हो । यस्तै उनिहरुले रिटेल कार्डमार्फत १ हजार १ सय ५५ डलर खर्च गरेका छन यो पनि अघिल्लो बर्षको तुलनामा ३ प्रतिशतले बढेको छ ।

प्रतिवेदनमा उनिहरुले विद्यार्थी श्रणवापतको ३५ हजार ६ सय २० डलर र विभिन्न सम्पत्तीका लागि २ लाख २ हजार २ सय ९६ डलर खर्च गरेको उल्लेख छ ।

यस्तै सन २०१९ भरी अमेरिकी नागरिकहरुले औसतमा अटो लोन बापातको १९ हजार ३ सय २१ डलर र व्यक्तिगत लोन अन्तर्गतको १६ हजार २ सय ५९ डलर खर्च गरेका हुन ।

प्रतिवेदनका अनुसार ६७ प्रतिशन अमेरिकी नागरिकहरुले कम्तीमा पनि एउटा क्रेडिट कार्ड बोक्ने गरेका छन । यस्तै अमेरिकामा विभिन्न सम्पत्ती जोड्नेहरुको संख्या पछिल्लो ५ बर्षमा ७६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL