Logo

हप्तामा कति अण्डा खानुहुन्छ ? अध्ययन भन्छ, धेरै अण्डा खाने व्यक्तिको चाँडै मर्ने सम्भावना उच्च

हप्तामा कति अण्डा खानुहुन्छ ? अध्ययन भन्छ, धेरै अण्डा खाने व्यक्तिको चाँडै मर्ने सम्भावना उच्च



काठमाडौं । हप्तामा ३ वा ३ भन्दा बढी अण्डा खाने व्यक्ति चाँडै मृत्युको मुखमा पुग्ने एक अध्ययनले देखाएको छ । पछिल्लो समय अण्डा सेवन फाईदाजनक या असर पुग्ने भन्ने बहस चलिरहँदा एक अध्ययनले भने अण्डा सेवन खतरापुर्ण रहेको देखाएको हो ।

अध्ययनका अनुसार ‘कुनै व्यक्तिले हप्तामा ३ वा ३ भन्दा बढी अण्डा सेवन गर्नाले मुटुसम्बन्धी रोगको समस्या हुने र कम अण्डा सेवन गर्नेको भन्दा चाँडो मर्ने सम्भावना उच्च रहन्छ ।’

अण्डामा पनि अण्डा भित्रको पहेँलो भाग (योल्क) ले यो रोग निम्त्याउने बढी सम्भावना रहन्छ । जुन कोलेस्टेरोलको मुख्य स्रोत हो । गत शुक्रबार सिकागोस्थित नर्थवेस्टर्न विश्वविद्यायको स्कुल अफ मेडिसीनले निकाल्ने मेडिकल जर्नल ‘जामा’मा एउटा सिंगो अण्डामा १ सय ८६ मिलिग्राम कोलेस्टेरोल हुने उल्लेख छ ।

उक्त अध्ययनका अनुसार करिव १७ बर्षसम्म २९ हजार मानिसहरुमा गरिएको अध्ययनमा ५ हजार ४ सय जनामा मुटुसम्बन्धी रोग देखिएको थियो जसमध्ये १ हजार ३ सय २ जनामा मुटुसम्बन्धी घातक रोग, १ हजार ८ सय ९७ जनामा सामान्य र १ सय १३ जना भने मुटुसम्बन्धीकै रोगले मृत्युको मुखमा पुगेको पाईएको हो ।

यस्तै अन्य ६ हजार १ सय ३२ जना भने अन्य कारणले मरेका थिए । मानव शरिरमा प्रतिदिन ३ सय मिलिग्राम कोलेस्टेरोलको प्रयोग गरियो भने मुटुरोग लाग्ने समस्या ३ दशमलव २ प्रतिशतले बढ्छ भने चाँडै मृत्यु हुने सम्भावना ४ दशमलव ४ प्रतिशतले बढ्ने देखिन्छ । जस अनुसार एक दिनमा आधा मात्रै अण्डा खायो भने पनि मुटुसम्बन्धी रोग लाग्ने सम्भावना १ दशमलव १ प्रतिशतले र चाँडै मर्ने सम्भावना १ दशमलव ९ प्रतिशतले बढ्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL