काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्यमा वृद्धि गरेको छ। संघले साउन ६ गतेदेखि लागू हुने गरी ठूलो तथा मिडियम अण्डाको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँले बढाएको हो।
नयाँ मूल्यअनुसार ठूलो अण्डाको मूल्य अब प्रतिक्रेट ५ सय २५ रुपैयाँ पुगेको छ। यसअघि असार २० गते मात्रै यसको मूल्य ४९५ रुपैयाँ तोकिएको थियो। यस्तै, मिडियम अण्डाको मूल्य पनि ४ सय ६५ रुपैयाँबाट बढाएर प्रतिक्रेट ४९५ रुपैयाँ पुर्याइएको संघका महासचिव मदन पोखरेलले जानकारी दिए।
संघका अनुसार चितवनबाट लोड भई डिपोसम्म पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १ सय ३० रुपैयाँ अतिरिक्त लाग्नेछ। सबै खर्च समायोजन गरेर उपभोक्तासम्म पुग्ने बजार मूल्य निर्धारण गरिने संघले स्पष्ट पारेको छ।