Logo

डेढ महिनामा १२ सय टन धुलो !

डेढ महिनामा १२ सय टन धुलो !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान अन्तर्गत डेढ महिनाको अवधिमा एक हजार २०० टन धुलो संकलन गरेको छ ।

गत मंसिर पहिलो हप्तादेखि शुरु भएको सो अभियानअन्तर्गत सुन्धारामा रहेको कामपा ढोकादेखि हालसम्ममा नयाँ सडक, रत्नपार्क, जमल, लैनचौर, पुतली सडक, सिंहदरबार आसपास, त्रिपुरेश्वर, भद्रकाली र बानेश्वर क्षेत्रको धुलो संकलन भइसकेको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए । ।

संकलित धुलो टेकुमा व्यवस्थापन गरिँदै आएको छ । सडक विभागका १० र कामपाका २५ कामदार सो कामका लागि निरन्तर लागिरहेका छन् । हरेक दिन सरदर १२ टन धुलो संकलन हुने गरेको छ । निर्वाचित जनप्रतिनिधि आएपछि अहिले बिहान धुलो जम्मा गर्ने र बेलुका पानीले सडक सफा गरिँदै आएको छ । सम्भव भएसम्म सफा गरिएको स्थानमा पुनः काम गर्ने योजना रहेको उनले बताए । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL