Logo

इन्ट्राओकुलर लेन्स प्रवद्र्वन गर्दै उद्योग मन्त्रालय, आखाँ केन्द्रलाई १० करोड

इन्ट्राओकुलर लेन्स प्रवद्र्वन गर्दै उद्योग मन्त्रालय, आखाँ केन्द्रलाई १० करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्रालयले नेपाल आँखा केन्द्रलाई १० करोड रुपैंया अनुदान सहयोग उपलब्ध गराउने भएको छ । केन्द्रले उत्पादन गर्दै आएको इन्ट्रओकुलर लेन्स (आँखाको लेन्स) उत्पादन उद्योगको क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग उपलब्ध गराउन लागेको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

यसका लागी मेशिन उपकरण खरिद गर्न नेपाल आँखा कार्यक्रमलाई अनुदान सहयोग उपलब्ध गराउने वजेटमा समेत व्यवस्था गरेको हो ।
मन्त्रालयले उपलब्ध गराउने १० करोड रुपैयाँ अनुदानमा केन्द्रले थप १ लाख २५ हजार लेन्स उत्पादन गर्न सक्ने डा सन्दुक रुइतले बताए । हाल केन्द्रले ५ लाख लेन्स उत्पादन गर्दै आएको छ ।

नेपालबाट चीन, बंगलादेश,फिलिपिन्स,श्रीलंका, इजिप्टलगायत विश्वका १७ ओटा मुलुकमा निर्यात भइरहेको लेन्स करिव ५० भन्दा बढी मुलुकमा वितरण हुने गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL