Logo

‘रिच लिष्ट’ मा भारतका खर्बपतिको संख्या २५९ : सबैभन्दा धनी अम्बानी, भ्याक्सिन निर्माता पुनावाला तेश्रोमा

‘रिच लिष्ट’ मा भारतका खर्बपतिको संख्या २५९ : सबैभन्दा धनी अम्बानी, भ्याक्सिन निर्माता पुनावाला तेश्रोमा



काठमाडौं । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी अदानी समूहका प्रमुख गौतम अडानीलाई पछि पार्दै सबैभन्दा धनी भारतीय बनेका छन् । ‘३६० वन वेल्थ हुरुन इन्डिया’ को भारतीय धनीहरूको २०२३ को सूचीअनुसार ६६ वर्षीय अम्बानीको सम्पत्ति दुई प्रतिशतले बढेर ८.०८ लाख करोड भारतीय रुपैयाँ पुगेको छ ।

laxmi

अडानीको सम्पत्ति ५७ प्रतिशतले घटेर ४.७४ लाख करोड रुपैयाँ पुगेको छ । हुरुनका एमडी र प्रमुख अनुसन्धान विश्लेषक अनस रहमान जुनैदले अदानीको सम्पत्तिमा आएको गिरावटको लागि जनवरीमा प्रकाशित हिन्डनबर्ग रिपोर्टलाई दोष दिएका छन् । अदानी समूहले यी आरोपहरूलाई अस्वीकार गरेको थियो ।

सेरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस एस पूनावाला तेस्रो स्थानमा छन् । साइरस पूनावालासँगै शिव नाडर, कैवल्य वोहरा पनि धनीहरूको सूचीमा परेका छन् । बाइजुका संस्थापक ब्याजु रवीन्द्रन भने सूचीबाट बाहिरिएका छन् । ६१ वर्षीय अदानी २०१९ मा छैटौं स्थानबाट २०२३ मा दोस्रो स्थानमा सरेका छन् । उनको कुल सम्पत्ति ४.७४ लाख करोड रुपैयाँ छ । उनको सम्पत्ति पाँच गुणा बढेको छ ।

पछिल्लो ५ वर्षमा अम्बानीको सम्पत्ति २.१ गुणा बढेको छ । साइरस पूनावाला र उनको परिवारको सम्पत्ति तीन गुणा बढेको छ । भ्याक्सिन उत्पादन गर्ने कम्पन, सिरम इन्स्टिच्युट अफ इन्डियाका साइरस पूनावाला अझै पनि तेस्रो धनी भारतीय बनेका छन् । उनको सम्पत्ति ३६ प्रतिशतले बढेर २.७८ लाख करोड रुपैयाँ पुगेको छ । यस सूचीमा १३८ शहरका कुल १३१९ व्यक्तिहरू समावेश छन् ।

एचसीएल टेक्नोलोजीका शिव नाडरको सम्पत्ति २३ प्रतिशतले बढेको छ र उनी २.२८ लाख करोड रुपैयाँको सम्पत्तिसहित चौथो स्थानमा छन् । गोपीचन्द हिन्दुजा अहिले पाँचौं, दिलीप सांघवी छैठौं, लक्ष्मी निवास मित्तल सातौं, कुमार मंगलम बिर्ला नवौं र नीरज बजाज दशौं स्थानमा छन् । डी–मार्टका राधाकिशन दमानीको कुल सम्पत्ति १८ प्रतिशतले घटेर १.४३ लाख करोड रुपैयाँ पुगेको छ । उनी धनीहरुको सूचीमा तीन स्थान झरेर आठौं स्थानमा झरेका छन् । जोहोकी राधा वेम्बु फाल्गुनी नायरलाई उछिन्दै सबैभन्दा धनी भारतीय महिला बन्न सफल भएकी छन् भने जेप्टोकी कैवल्य वोहरा सूचीमा सबैभन्दा कान्छी हुन् ।

खर्बपतिको संख्या २५९

गत वर्ष भारतमा प्रत्येक तीन हप्तामा दुई अर्बपति थपिएको हुरुनले उल्लेख गरेको छ र अहिले अर्बपतिको संख्या २५९ पुगेको छ । यो १२ वर्षमा ४.४ गुणा बढेको हो । गत वर्ष २४ को तुलनामा यस वर्ष ५१ जनाको सम्पत्ति दोब्बर भएको छ । भारतको सबैभन्दा धनी व्यक्तिको सूचीमा मुम्बई ३२८ व्यक्तिको साथ शीर्ष स्थानमा छ । यसपछि नयाँ दिल्लीका १९९ र बेंगलुरुका १०० जना समावेश छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL