Logo

संसारकै खुसी राष्ट्रमा नेपाल ७८ औं स्थानमा, फिनल्याण्ड सबैभन्दा खुसी

संसारकै खुसी राष्ट्रमा नेपाल ७८ औं स्थानमा, फिनल्याण्ड सबैभन्दा खुसी



काठमाडौं । संसारकै खुसी राष्ट्रहरुको सूचीमा नेपालले ७८ औं स्थान प्राप्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गर्दै नेपाल ७८ औं स्थानमा रहेको देखाएको हो । प्रतिवेदन अनुसार नेपालभन्दा पछाडी श्रीलंका, इरान, म्यानमार, अफगानिस्तान भारतलगायतका देशहरु पर्दछन् ।

छिमेकी देश भारत भने खुसी राष्ट्रहरुको सूचीमा १ सय २६ औं स्थानमा परेको छ । राष्ट्र संघले सोमबार सार्वजनिक गरेको उक्त प्रतिवेदनले यो वर्ष सबैभन्दा खुसी राष्ट्रका रुपमा फिनल्यान्डलाई सूचीकृत गरेको छ । फिनल्याण्ड पछिल्ला ६ वर्षदेखि लगातार सर्वाधिक खुसी राष्ट्र बन्दै आएको छ ।

प्रतिवेदन अनुसार खुसी राष्ट्रहरुको सूचीमा दोस्रा, तेस्रो, चौथो पाँचौ स्थानमा डेनमार्क, आइसल्याण्ड, ईजरायल र नेदरल्याण्ड छन् । यस्तै स्विडेन, नर्वे, स्विजरल्याण्ड, लक्जम्बर्ग र न्युजिल्याण्ड पनि सर्वाधिक खुसी राष्ट्रको सूचीको १० भित्र परेका छन् ।

सूचीको सबैभन्दा तल अफगानिस्तान १ सय ३७ नम्बरमा छ। लेबनान एक नम्बर माथि १३६ औँ स्थानमा छ। युक्रेनमा रुसको आक्रमणले सन् २०२२ को प्रतिवेदन जारी भएपछि दुवै देशलाई विश्वव्यापी रूपमा चर्चामा राखेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL