Logo

न्यून लगानीमा टन्न पैसा कमाउने चाहना छ ? यी हुन् पाँच बिजनेस आइडिया

न्यून लगानीमा टन्न पैसा कमाउने चाहना छ ? यी हुन् पाँच बिजनेस आइडिया



काठमाडौं । विश्वमा लाखौं प्रकारका व्यवसाय छन् । जसमा सानादेखि ठूला व्यवसायमा अर्बौ मानिस संलग्न छन् । अहिलेको युवा पुस्ता जागिरभन्दा पनि व्यवसायप्रति आकर्षित देखिन्छ र नयाँ–नयाँ ‘बिजनेस आइडिया’ हरु विकास गरिरहेको देखिन्छ । हरेक व्यवसायका विभिन्न पक्षहरु हुन्छन । तर, धेरै व्यवसायको मुख्य पक्ष भनेको लगानी र आम्दानीमा जोडिएको हुन्छ । व्यवसायका लागि सबैलाई लगानी चाहिन्छ नै । यसमा पनि धेरै युवाहरु व्यवसाय गर्ने चाहना भएपनि लगानी नभएको गुनासो गरिरहन्छन । यो लेखमा हामीले केही न्यून बजेट बिजनेस आइडियाजहरुबारे जानकारी प्रस्तुत गरेका छौं । जसबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

laxmi

१.युट्युब

सबैलाई थाहा छ, युट्युबले गुगलका भिडियोहरू प्लेटफार्ममा प्रयोग गर्छ र विश्वको प्राय सबै देशमा युट्युब लोकप्रिय छ । युट्युबको माध्यमबाट सहजै करोडौं भिडियोहरू हेर्न सकिन्छ । युट्युबाट भिडियो हेर्न मात्र हैन युट्युबको माध्यमबाट टन्न पैसा पनि कमाउन सकिन्छ । यो एउटा कम बजेटवाला व्यवसाय हो । यदि तपाईलाई भिडियोहरू बनाउन रुचि छ भने सहजै भिडियो बनाउन सकिन्छ र युट्युबमा तपाईको यूट्युब च्यानल बनाउन सक्नुहुन्छ । जसबाट पैसा कमाउन सकिन्छ । यूट्यूब भिडियोहरू मार्फत प्लेटफर्मममा उपलब्ध विज्ञापनहरू मार्फत कमाई गर्न सकिन्छ । युट्युबको माध्यमबाट पैसा कमाउनको लागि तपाईले नियमित रूपमा भिडियोहरू हाल्न सकनुहुन्छ । यदि तपाईंको भिडियो दशर्कले मन पराएमा तपाईले पैसा कमाउन सक्नुहुन्छ । यदि तपाईं मेहनत गर्नुहुन्छ भने यूट्यूबाट प्रत्येक महिना लाखौं रुपैयाँ सजिलैसँग कमाउन सकिन्छ ।

२.डिजिटल मार्केटिङ

डिजिटल मार्केटिङ् अनलाइन पैसा कमाउने एक उत्कृष्ट तरिका हो । यो विश्वको शीर्ष व्यवसायमा एक व्यवसाय हो । कम बजेटमा धेरै पैसा कमाउनको लागि तपाईं डिजिटल मार्केटिंग व्यवसायको उपयोग गर्न सक्नुहुन्छ । पछिल्लो समय नेपालमा पनि डिजिटल मार्केटिङको व्यवसाय धेरै बढेको छ । डिजिटल मार्केटिङ अनलाइन या डिजिटल प्रविधिबाट गरिने मार्केटिङ हो । अहिले सोशल मिडिया जस्तो युट्युब, फेसबुक र इन्स्टाग्रामबाट घरमै बसेर अनलाइन वा डिजिटल मार्केटिङ गर्न सकिन्छ । डिजिटल मार्केटिङको माध्यमबाट प्रत्येक महिना लाखौं रुपैयाँ कमाउन सकिन्छ । अहिले धेरैजसो सेवा तथा व्यवसायले डिजिटल मार्केटिङमा अर्बौ रुपैयाँ लगानी गरिरहेकाले यो ठूलो अवसरको क्षेत्र हो ।

३.भिडियो सम्पादन

पहिले धेरै कन्टेन्ट टेक्स्टमा थिए, तर इन्टरनेट सस्तो र सहज भएसँगै गएपछि अहिले धेरैजसो कन्टेन्टहरु भिडियोमा हेर्न मिल्छ । हरेक समय अर्बौ मानिसहरु भिडियोहरू पछ्याउँछन् । भिडियो सम्पादन गर्ने व्यवसाय पनि अहिले एकदम माग भएको व्यवसाय मानिन्छ । यदि तपाईंले भिडियो सम्पादन गर्न सक्नुहुन्छ भने तपाईं व्यवसाय शुरु गर्न सक्नुहुन्छ । यदि तपाई दक्ष भिडियो सम्पादक हुनुहन्छ भने बजारमा तपाईलाई काम टन्न हुनेछ । यसबाट पनि तपाईले कम लगानीमा महिनाको लाखौं रुपैया कमाउन सकनुहुन्छ ।

४.गेमिङ स्टुडियो

अहिले हरेक उमेरको व्यक्ति गेम खेल्न चाहन्छ । अनलाइन खेलमा अहिले निकै विकास र वृद्धि भएको छ । जसका लागि तपाईं गेम पार्लर वा गेम स्टुडियो खोल्न सक्नुहुन्छ र पर्याप्त पैसा कमाउन सक्नुहुन्छ । गेम स्टुडियोको यो व्यवसायबाट तपाईलाई लाखौं रुपैयाँ कमाउन सकिन्छ । कम लगानीमा महिनाको लाखौं रुपैयाँ कमाउन यो व्यवसाय पनि अहिले धेरैको रोजाई बनिरहेको छ ।

५.सम्बद्ध मार्केटिङको व्यवसाय

एफिलिएट मार्केटिङ वा सम्बद्ध मार्केटिङ धेरै ठूलो व्यवसाय हो । यो व्यवसाय विश्वको उच्च व्यापारमा छ । एफिलिएट मार्केटिंगकाको लागी कुनै कम्पनी एफिलिएट प्रोग्राम जोइन गर्न सकिन्छ । उदाहरणको लागि तपाईले अमेजन एफिलिएट प्रोग्राम जोइन गर्नुभएको छ, भने अब तपाईले अमेजन प्रोडक्ट तपाईको सोशल मिडिया प्लेटफार्म जस्तै इन्स्टाग्राम, यूट्यूब वा फेसबुकमा राख्न सक्नुहुन्छ । अब यदि तपाईले कुनै पनि शेयर गरेको प्रोडक्ट विक्रि भएमा तपाईलाई केहि प्रतिशत कमिसन प्राप्त हुन्छ । यदि तपाईको सोसल मिडियामा धेरै फ्लोवर छन् भने यसबाट तपाईले यसमा केही लगानी गरेर महिनामा लाखौं रुपैयाँ कमाउन सक्नुहन्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL