Logo

भारतीय बजेटमा बढ्यो नेपाललाई दिने अनुदान, यो बर्ष १५ अर्ब ८७ करोड आउँदै

भारतीय बजेटमा बढ्यो नेपाललाई दिने अनुदान, यो बर्ष १५ अर्ब ८७ करोड आउँदै



काठमाडौं । भारतबाट नेपालले पाउने बार्षिक अनुदानमा वृद्धि भएको छ । आर्थिक बर्ष २०२१/२२ को केन्द्रिय बजेट सार्वजनिक गर्दै भारतीय वित्त मन्त्ती निर्मला सीतारमणले गत आवको तुलनामा यो बर्ष नेपालले पाउने अनुदानमा १ अर्ब ८९ करोड रुपैयाँले बढेको बताएकी हुन । भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ ।

laxmi

यसअघि आव २०१९/२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो । गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो ।

यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने छ । भारतले यो बर्ष पहिलो पटक पेपरलेस बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL