Logo

कोरोनाबाट निधन हुनेको संख्या संसारभर १० लाख नाघ्यो, संक्रमितको संख्या ३ करोड ३३ लाख (अपडेट)

कोरोनाबाट निधन हुनेको संख्या संसारभर १० लाख नाघ्यो, संक्रमितको संख्या ३ करोड ३३ लाख (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस महामारी सुरु भएको झन्डै १० महिना पुग्न लागेको छ । यस अवधिमा संसारभर १० लाख मानिसले ज्यान गुमाएका छन् । सोमवार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वमा तीन करोड ३२ लाख ९७ हजार ५०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ र दुई लाख ५० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

laxmi

अहिलेसम्म संक्रमितको संख्यामा कमी आउन सकेको छैन । केही देशमा दोस्रो लहर सुरु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितको संख्या अमेरिकामा छ । अमेरिकामा ७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् । हालसम्म कोरोना भाइरसका कारण दुई लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि एसियाली मुलुक भारतमा धेरै संक्रमित छन् । कूल संक्रमितको संख्या ६० लाख ७३ हजार ३ सय ४८ पुगेको छ ।भारतमा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले कोरोना संक्रमणपछि ज्यान गुमाएका छन् । हालसम्म ९५ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

ब्राजिलमा ४७ लाख ३२ हजार कूल संक्रमित पुगेका छन् ।अमेरिका, भारत, ब्राजिलपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा रसिया, कोलम्बिया पेरु, स्पेन लगायत छन् ।

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी अमेरिकी मुलुकहरु प्रभावित बनेका छन् । युरोपेली मुलुकमा पनि कोरोना भाइरसको दोस्रो लहर फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

युरोपेली मुलुकमा कूल संक्रमितको संख्या ४८ लाख ४८ हजार रहेको छ भने पछिल्लो २४ घण्टामा मात्र ४५ हजारभन्दा बढी संक्रमित थपिएका छन् । युरोपेली मुलुकमा हालसम्म २ लाख २० हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने २४ लाख ८८ हजार संक्रमणपछि निको भइसकेका छन् ।

उत्तर अमेरिकामा कोरोना संक्रमणको संख्या ८७ लाख ३५ हजार पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या भारतमा रहेको छ। त्यसपछि इरान, बंगलादेश, इराक, साउदी अरबमा पनि कोरोना संक्रमितको संख्या उच्च छ ।

एसियाली मुलुकमा कूल संक्रमितको संख्या एक करोड पुगेको छ । एसियाली मुलुकमा हालसम्म मृत्यु हुनेको संख्या ९५ हजार ५७४ पुगेको छ भने निको हुनेको संख्या ८५ लाख ८७ हजारभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL