Logo

कोरोना कहर : विश्वमा २ करोड ४४ लाखभन्दा धेरैले जिते कोरोना, यस्तो छ संक्रमित र मृतकको पछिल्लो तथ्यांक (अपडेट)

कोरोना कहर : विश्वमा २ करोड ४४ लाखभन्दा धेरैले जिते कोरोना, यस्तो छ संक्रमित र मृतकको पछिल्लो तथ्यांक (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड ४४ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

laxmi

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ४४ लाख ४ हजार ५६४ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ९८ हजार ६७७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ३० लाख ५२ हजार ८४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ९ हजार १७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७२ लाख ८७ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार २०६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ७३७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार ४३४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार १२४ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८९ हजार १० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५९ लाख ९० हजार ५८१ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७१२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ४१ हजार ४४१ पुुगेको छ ।

नेपालमा शनिबार देशभर गरी १,२०७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७१,८०० नाघेको छ । नेपालमा अहिलेसम्म ४६७ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५३,००० नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL