Logo

कोरोना कहर : विश्वभर २ करोड ३९ लाखभन्दा धेरै निको भए, ९ लाख ८७ हजार बढीले ज्यान गुमाए (अपडेट)

कोरोना कहर : विश्वभर २ करोड ३९ लाखभन्दा धेरै निको भए, ९ लाख ८७ हजार बढीले ज्यान गुमाए (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड ३९ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

laxmi

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ३९ लाख २४ हजार ९७७ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ८७ हजार ७२४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड २४ लाख ८ हजार ५०४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ७ हजार ५३८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७१ लाख ८५ हजार ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ३५५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९४२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ हजार ३१७ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ९१९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको हो ।प्रभावित

देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३९ हजार ८८३ पुुगेको छ ।

नेपालमा विहिबार देशभर गरी १४९६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६९ हजार नाघेको छ । निको हुनेको संख्या ५० हजार नाघेको छ भने देशभरि १८,४३७ जनामा सक्रिय सङ्क्रमण छ । अहिलेसम्म ४५३ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL