Logo

कोरोना कहर : विश्वभर २ करोड ८ लाखभन्दा धेरैले जिते कोरोना, यस्तो छ मृतक र संक्रमितको पछिल्लो तथ्यांक(अपडेट)

कोरोना कहर : विश्वभर २ करोड ८ लाखभन्दा धेरैले जिते कोरोना, यस्तो छ मृतक र संक्रमितको पछिल्लो तथ्यांक(अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका २ करोड ८ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

laxmi

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ८ लाख ७ हजार १२१ जना कोरोनाबाट निको भएका हुन् ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख २४ हजार ५६९ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २ करोड ८९ लाख ४० हजार ४२४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ९८ हजार १२८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६६ लाख ७६हजार ६०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार २८२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ७०७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ हजार ६१४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९४ हजार ४०९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४३ लाख १५ हजार ८५८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८०० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३१ हजार २७४ पुुगेको छ ।

नेपालमा शनिबार देशभर गरी १ हजार २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५३ हजार १२० पुगेको छ । अहिले देशभर १५,२६० जना आइसोलेशनमा रहेका छन् र ६,३५४ जना क्वारन्टीनमा रहेका छन् ।

तीमध्ये होम आइसोलेशनमा ६,१५३ जना रहेका छन् । ३७,५२४ सङ्क्रमित निको भइसकेका छन् भने ३३६जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL