Logo

कोरोना कहर : विश्वभर सक्रिय कोरोना संक्रमितको संख्या ६८ लाख ३९ हजार चार सय ६७ पुग्यो, आठ लाख ५५ हजारको ज्यान गयो

कोरोना कहर : विश्वभर सक्रिय कोरोना संक्रमितको संख्या ६८ लाख ३९ हजार चार सय ६७ पुग्यो, आठ लाख ५५ हजारको ज्यान गयो



काठमाडौं । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ५६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५६ लाख ३३ हजार एक सय ९४ नाघेको छ ।

laxmi

मंगलबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ५४ हजार सात सय ४७ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७९ लाख ३८ हजार नौ सय ८० नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८७ हजार सात सय ३६, ब्राजिलमा एक लाख २१ हजार पाँच सय १५, भारतमा ६५ हजार चार सय ३५ र नेपालमा दुई सय २८ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL