Logo

कोरोना कहर : विश्वभर सात लाख ११ हजार बढीको मृत्यु, एक करोड २१ लाख ६० हजार निको भए (अपडेट)

कोरोना कहर : विश्वभर सात लाख ११ हजार बढीको मृत्यु, एक करोड २१ लाख ६० हजार निको भए (अपडेट)



काठमाडौं, साउन २२ । विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ सय ३७ जना पुगेको छ ।

laxmi

यस्तै,विहिबार विहानसम्म सात लाख ११ हजार एक सय आठ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने एक करोड २१ लाख ६० हजार ६ सय ६५ जना कोरोना मुक्त भइसकेका छन् । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ६१ हजार ६ सय एक जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा ९७ हजार चार सय १८, भारतमा ४० हजार सात सय ३९ जनाले कोरोनाबाट गुमाईसकेका छन् ।

तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको छ । आजसम्म मेक्सिकोमा ४९ हजार आठ सय ९८ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै आठ सय २९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL