Logo

कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउन सक्ने, यस्तो छ अध्ययनको निष्कर्ष

कुकुरले सुँघेरै कोरोना संक्रमण पत्ता लगाउन सक्ने, यस्तो छ अध्ययनको निष्कर्ष



काठमाडौं । एक जर्मन पशु चिकित्सा विश्वविद्यालयले गरेको अध्ययन अनुसार केही दिनको तालिमसहित कुकुरले कोरोनाभाइरस संक्रमित मानिस पहिचान गर्न सक्ने दाबी गरेको छ ।

laxmi

जर्मनीका सशस्त्र सेनाका आठ कुकुरलाई एक हप्ता दिइएको तालिममा यो कुरा ९४ प्रतिशत सफल देखिएको पशु चिकित्सा विश्वविद्यालय हनोवरले नेतृत्व गरेको पायलट प्रोजेक्टले जनाएको छ ।

अन्वेषकहरूले कुकुरलाई एक हजार भन्दा बढी ससमान्यलगाएत संक्रमित मानिसको खकार सुँघ्न दिएका थिए जसमा कुकुरले ९४ प्रतिशत मानिसमा कोरोना रहेको वा नरहेको पत्ता लगाएको थियो ।

‘हामी सोच्छौं कि यसले काम गर्छ किनकि बिरामीको शरीरमा चयापचय प्रक्रिया पूर्ण रूपमा परिवर्तन भएको छ, ‘ युनिभर्सिटीका प्राध्यापक मारेन भोन कोएक्रिट्झ ब्लिकवेडले यस परियोजनाको बारेमा युट्यूब भिडियोमा भने(‘ हामीलाई लाग्छ कुकुरहरूले विशिष्ट गन्ध पत्ता लगाउन सक्षम छन्।’

अनुसन्धानकर्ताका अनुसार कुकुरहरू मानव भन्दा हजार गुणा बढी संवेदनशील हुन्छन् । कुकुरलाई मानिसको धेरै घुइचो हुने एयरपोर्ट, सीमा क्रसिंग र खेलकुद जस्ता ठाउँहरूमा संक्रमण पत्ता लगाउन खटाउन सकिन्छ । अनुसन्धानकर्ताहरूले भने(‘ यो अध्ययन जर्मन सशस्त्र सेनाहरू, हनओभर मेडिकल स्कूल र विश्वविद्यालय मेडिकल सेन्टर ह्याम्बर्ग, एपेन्डोर्फको साथ संयुक्त रूपमा गरिएको थियो।’

भोन कोकेरेटिज ब्लकवेडेले अर्को चरण कुकुरहरूलाई कोभिड नमूनाहरू, ईन्फ्लुएन्जा जस्ता रोगबाट अलग गर्न प्रशिक्षण दिने जनाएका छन् ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL