Logo

कोरोना कहर : एकैदिन १ लाख ६६ हजार संक्रमित थपिए, ४ हजार ४ सयको मृत्यु (अपडेट)

कोरोना कहर : एकैदिन १ लाख ६६ हजार संक्रमित थपिए, ४ हजार ४ सयको मृत्यु (अपडेट)



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९काभिड१९०को संक्रमण अझै घट्न सकेको छैन । शुक्रबार विश्वमा १ लाख ६६ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो संख्या अघिल्लो दिनको तुलनामा भने केही कम हो ।

laxmi

एकैदिन १ लाख ६६ हजार ७३५ कोरोना संक्रमित थपिएसँगै विश्वमा संक्रमितको संख्या १ करोड ४० लाख नाघेको छ । डब्ल्युएचओका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ४० लाख ४३ हजार १७६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ हजारभन्दा धेरैको ज्यान गएको छ । २४ घण्टाको अवधीमा ४ हजार ४९६ संक्रमितको ज्यान गएको हो । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संखया ५ लाख ९७ हजार ५८३ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ । सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL