Logo

विश्वभर पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिए, पछिल्लो १० दिनमा एकै दिन धेरैको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिए, पछिल्लो १० दिनमा एकै दिन धेरैको मृत्यु



काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६० हजार कोरोना संक्रमित पुष्टि भएको बताएको छ । यो संख्या कोरोना महामारी शुरु भएदेखि अहिलेसम्म एकै दिन संक्रमित हुनेको सबै भन्दा ठुलो संख्या हो ।

laxmi

संगठनले पहिलो पटक संक्रमितको संख्या एकै दिन साढे २ लाख नाघेको बताएको छ । सबैभन्दा धेरै संक्रमण अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रीकामा देखिएको छ ।

संगठनका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजार ४८४ संक्रमित भएका छन् भने ब्राजिलमा ४५ हजार ४०३, भारतमा ३४ हजार ८८४ रहेका छन् । त्यस्तै दक्षिण अफ्रिकामा १३ हाजर २८५ जना संक्रमित भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ३६० जनाको मृत्यु भएको छ । यो पछिल्लो १० दिनमा एकै दिनमा मृत्यु हुनेको धेरै संख्या हो । विश्वभर अहिलेसम्म एक करोड ४४ लाख १४ हजार २७४ जना संक्रमित भएका छन् । त्यस्तै विश्वभर अहिलेसम्म ६ लाख ४ हाजर १५१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८६ लाख ६ हजार ६११ जना ठिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL