Logo

कोरोना कहर : विश्वभर पाँच लाख ८० हजार बढीको मृत्यु, एक करोड ३५ लाख संक्रमित (अपडेट)

कोरोना कहर : विश्वभर पाँच लाख ८० हजार बढीको मृत्यु, एक करोड ३५ लाख संक्रमित (अपडेट)



काठमाडौं । कोरोना भाइरसबाट विश्वभर पाँच लाख ८० हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या पाँच लाख ८० हजार दुई सय ८२ पुगेको छ।

laxmi

त्यस्तै, बुधबारसम्म एक करोड ३४ लाख ४७ हजार तीन सय ८८ जनामा कोरोना संक्रमण भएको छ भने विश्वभर ७८ लाख ४१ हजार चार सय ७६ जना सक्रमण मुक्त भएर घर फर्किएका छन ।

संक्रमणबाट हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ भने ब्राजिल दोस्रो, भारत तेस्रो,रसिया चौथो र पाँचौ नम्बरमा पेरु रहेको छ ।

अमेरिकामा हालसम्म कारोनाबाट एक लाख ३९ हजार एक सय ४३ जना, ब्राजिलमा ७४ हजार दुई सय ६२, भारतमा २४ हजार तीन सय १५, रसियामा ११ हजार ६ सय १४ र पेरुमा १२ हजार दुई सय २९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL