Logo

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख २८ हजारभन्दा बढी कोरोना संक्रमित थपिए, डब्लुएचओद्धारा चिन्ता जाहेर

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख २८ हजारभन्दा बढी कोरोना संक्रमित थपिए, डब्लुएचओद्धारा चिन्ता जाहेर



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । २४ घण्टाको अवधिमा कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन् ।

डब्लुएचओका इमर्जेन्सी प्रोग्राम प्रमुख डा माइक रायनले शुक्रबार स्वीट्जरल्याण्डको जेनेभामा अनलाइन पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन् । ‘कोरोनाभाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल हुने देखिएको छ’, उनले भने ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाबाट संक्रमित मानिसहरुको संख्या १ करोड २६ लाख २५ हजार १ सय ५५ छ ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ६२ हजार ७ सय ६९ छ । कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरै ३२ लाख ९१ हजार ७ सय ८६ जना संक्रमित छन् ।

कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिल हो । जसमा १८ लाखभन्दा बढी संक्रमित रहेका छन् भने तेस्रो देश भारतमा ८ लाख २२ हजारभन्दा बढी संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL