Logo

कोरोना कहर : विश्वभर ६४ लाख ३३ हजार बढी संक्रमित निको भए, ५ लाख ३३ हजार बढीले ज्यान गुमाए (अपडेट)

कोरोना कहर : विश्वभर ६४ लाख ३३ हजार बढी संक्रमित निको भए, ५ लाख ३३ हजार बढीले ज्यान गुमाए (अपडेट)



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ६४ लाख ३३ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

laxmi

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६४ लाख ३३ हजार ९ सय ६३ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ३३ हजार ३८४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड १३ लाख ७८ हजार ९७९ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ३२ हजार ३१८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २९ लाख ३५ हजार ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार १ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २५४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १५ लाख ७८ हजार ३७६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १११ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ३६५ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घ९टामा थप ६१० जनाको मृत्युभएसँगै मृत्यु हुनेको संख्या १९ हजार २७९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार १५ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL