सिरियन जनताको जीवनस्तर उकास्न कतारको सहयोग, सय मिलियन अमेरिकी डलर दिने

कतारमा पहिलो पटक नेपालीलाई मृत्युदण्ड, यस्तो छ मृत्युदण्डको कारण

काठमाडौं । कतारी अमिर शेख तमिम विन हमाद अलथानीको निर्देशन बमोजिम उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले सिरियालाई सय मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा गरे ।

सिरिया लगायत त्यस क्षेत्रकोसहयोग सम्बन्धी ब्रसेल्समा भएको भिडियो कन्फरेन्समा सहभागी भएको समयमा उपप्रधान एवं परराष्ट्र मामिला मन्त्रीअलथानीले सिरियन जनताके जीवनस्तर सहज बनाउंन सहयोग गर्ने घोषणा गरेका हुन् ।

भिडियो कन्फरेन्समाउपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले मानवीय एवं भातृत्व भावना कायम राख्दै सिरियाको लागि सहयोग गर्न लागेको तथा वास्तवमा सिरियाकै लागि कतारले दुइ विलियन भन्दा बढी नै सहयोग गरेको स्मरण गरे।

उहांले सिरियाली जनतालाई सहयोग गर्नु मानवीय कर्तव्य तथा उत्तरदायित्वसमेत भएको बताए । उपप्रधान एवं परराष्ट्र मामिला मन्त्रीअलथानीले सिरियाको संकट समाधानको लागि कतार सरकारले जेनभा महासन्धि २०१२ अनुसार अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक पहल समेत गरिरहेको जानकारी दिए ।

संकटकै घडीमा सिरियली जनताले कोरोना महामारीको समेत सामना गर्नु परेकोले सहयोग आवश्यकता रहेको बताए । उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले भिडियो कन्फरेन्सलाई संवोधन गर्दै युरोपियन युनियन तथा संयुक्त राष्ट्ररसंघलाई कन्फरेन्स आयोजना गरेकोमा धन्यवाद दिए ।

उहांले विश्वनै मानवीय संकट वेहोरिरहेको अहिलेको अवश्थामा सिरियन जनताले सामान्य मानवीय आवश्यकता जस्नै गांस वास कपास नै पाएका छैनन् । उनीहरूले स्वच्छ खानेपानीबाट समेत बञ्चित हुनुपरेको भन्दै यस्तो कठीन परिस्थितिमा सिरियन जनताले आधारभुत शिक्षा, स्वास्थ्यमा पनि पहुंच पाएका छैनन् ।

हामी कस्तो भविष्यको कल्पना गररहेका छै जवकि सिरियाका कलिला नानीहरू नरसंहार, बम आंतकका बीच हुर्किरहेका छन् । उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले भिडियो कन्फरेन्स मार्फत आंतकबादके अन्त्य तथा अमानवीय व्यवहार अन्त्य गर्दै एक भएर जुट्न सबैलाईआग्रह समेत गरे । एजेन्सी


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status