Logo

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख १३ हजार नाघ्यो, निको हुनेको संख्या ५८ लाख नजिक (अपडेट)

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख १३ हजार नाघ्यो, निको हुनेको संख्या ५८ लाख नजिक (अपडेट)



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ८ सय ६१ पुगेको छ भने संक्रमितको संख्या १ करोड ५ लाख ८३ हजार ९ सय ३२ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ५७ लाख ९४ हजार ५ सय ६५ जना उपचारपछि निको भएका छन् ।

laxmi

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ३० हजार १ सय २२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २७ लाख २७ हजार ८ सय ५३ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५९ हजार ६ सय ५६ पुगेको छ भने संक्रमितको संख्या १४ लाख ८ हजार ४ सय ८५ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको छ भने संक्रमितको संख्या ६ लाख ४७ हजार ८ सय ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL