Logo

रामदेवले बनाए ७ दिनमा ठिक पार्ने कोरोनाको आयुर्वेद औषधि, एकहप्तामा पतञ्जिलीका स्टोरमा पाइने

रामदेवले बनाए ७ दिनमा ठिक पार्ने कोरोनाको आयुर्वेद औषधि, एकहप्तामा पतञ्जिलीका स्टोरमा पाइने



काठमाडौं । बाबा रामदेवले कोरोनाको आयुर्वेदक औषधि बनाएको दाबी गरेका छन् । बाबा रामदेवको पतन्जलि आयुर्वेदले कोरोनाको औषधि ‘कोरोनिल’ बनाएको हो ।

laxmi

२८० जनाको परिक्षण गर्दा ‘कोरोनिल’ ले ७ दिनमा सबै कोभिड १९ का संक्रमितललाई ठिक पारेको पनि बाबा रामदेवले दाबी गरेका छन् । परिक्षणको तीन दिनमा ६९ प्रतिशत भएका बिरामी ७ दिनमा सबै ठिक भएका हुन् । हरिद्वारमा आयोजित कार्यक्रममा औषधि मात्र सार्वजनिक गरेनन् उनले कोरोनामा राम बाण समेत हुने सुनाए ।

कोरोनिल औषधि ७ दिनभित्र पतञ्जलीको स्टोरमा उपलब्ध हुने बाबा रामदेवले बताएका छन् । कोरोनाको औषधि बनाउन पतञ्जलीका टोलिसहित भारत सरकारका डाक्टर, प्रोफेसर सहभागी थिए । स्थानीय जडिबुटिको प्रयोग गरेर औषधि बनाइएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL