Logo

बीसीजी खोपलाई कोभिड १९ संक्रमित व्यक्तिमा परीक्षण गर्न अनुमति, हाइड्रोक्सीक्लोरोक्वाइनको असरबारे अध्ययन सुरू

बीसीजी खोपलाई कोभिड १९ संक्रमित व्यक्तिमा परीक्षण गर्न अनुमति, हाइड्रोक्सीक्लोरोक्वाइनको असरबारे अध्ययन सुरू



काठमाडौं। भारतले ब्यालिकस क्यालमेट ग्युरिन् (बीसीजी) खोपलाई कोभिड १९ का संक्रमित व्यक्तिमा प्रयोग गर्ने भएको छ । भारतीय अनुसन्धान परिषदले क्षयरोेगविरुद्व उपयोग हुँदै आएको बिसीजी खोपलाई कोरोना संक्रमित व्यक्तिमाथि परिक्षण गर्न अनुमति दिएको हो ।

परिक्षणकाल करिब १० महिनाका लागि हुने जनाइएको छ । बीसीजी विगत लामोसमयदेखि सम्पूर्ण महादेशहरुले शिशुहरुलाई क्षयरोगविरुद्वको खोपको प्रयोग गर्दै आएका छन् ।

क्षयरोगविरुद्वको बीसीजी खोपले कोरोना संक्रमित व्यक्तिको मृत्यु दर घटाउने काम गर्ने भएकोले यसलाई प्रयोगमा ल्याउन लागेको भारतीय अनुसन्धान परिषदले जनाएको छ । यसले विषेशगरी ६० वर्ष भन्दा माथि उमेरका व्यक्तिहरुको मृत्यु दरमा कमि आउने जनाइएको छ । यस खोपको अनुसन्धान विश्वभर तीब्र गतिमा भइरहेको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

उक्त खोपले कोरोना संक्रमितको उपचारमा सकारात्मक प्रभाव पार्नेसमेत विश्वास लिइएको छ । अनुसन्धानका क्रममा क्षयरोगकोविरुद्व जुन व्यक्तिले बसिीजी खोप लगाएको छ त्यस व्यक्तिमा कोरोनाको प्रभाव कम देखिएको जनाइएको छ ।

भारतीय अनुसन्धान परिषदले हाइड्रोक्सीक्लोरोक्वाइन (एचसीक्यु)को नाकारात्मक प्रभाव पर्छ कि पर्दैन भन्ने विषयलाई समेत अनुसन्धान गरिरहेको छ । हाइड्रोक्सीक्लोरोक्वाइनको प्रभावबारे जुलाईको अन्तयसम्म नतिजा आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL