Logo

दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सृजना, बेरोजगार दर भने ३.८ प्रतिशत मात्र

दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सृजना, बेरोजगार दर भने ३.८ प्रतिशत मात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दक्षिण कोरियामा गत वर्ष सन् २०१९ मा तीन लाखसम्म रोजगारी सृजना भएको पाइएको छ ।

laxmi

अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा बेरोजगार दर भने ३.८ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

कोरियामा सन् २०१९ मा रोगजारमा आवद्धहरुको संख्या दुई करोड ७१ लाख २३ हजार रहेको थियो । सन् २०१९ मा रोजगारीको संख्यामा लगातार बृद्धि हुदै आएको समाचारमा जनाइएको छ । बेरोजगार भएकाहरुको संख्या भने सन् २०१९ मा कुल १० लाख ६३ हजार रहेको तथ्याङ्कमा देखाइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL