Logo

आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिएको रौहानीको दावी, ईरानमा चुलियो डलर अभाव

आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिएको रौहानीको दावी, ईरानमा चुलियो डलर अभाव



काठमाडौं । इरानसँग सन् २०१५ मा गरिएको अन्तर्रा्ष्ट्रिय आणविक सम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले जानकारी दिएका छन । रौहानीले इरानविरुद्ध अमेरिकाद्वारा गरिने ‘षड्यन्त्रहरू’को प्रतिवाद गरी अघि बढ्ने बताए ।

‘इस्लामिक गणतन्त्र इरानले रोजेको प्रतिरोधको बाटोलाई दृढतापूर्वक निरन्तरता दिनेछ,’ रौहानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा भने ।
‘हरेक पटक हामी षड्यन्त्रलाई चिर्न सफल भएका छौं र यसमा इरानी जनता तथा सरकार एकताबद्ध छन् ।’ गत मे महिनामा सहयोगी मुलुकहरूको आग्रहमा अमेरिकाले तेहरान र विश्व शक्ति राष्ट्रसँग गरेको सहमतिबाट फिर्ता हुने निर्णय गरेको थियो । यससँगै अमेरिकाले इरानमाथि पुन आर्थिक नाकाबन्दीको घोषणा गरेको थियो । नाकाबन्दीसँगै कैयौँ बहुराष्ट्रिय फर्म तथा कम्पनीलाई इरानसँग कारोबार रोक्नसमेत भनिएको थियो ।

‘नाकाबन्दीका बिषयमा संयुक्त राज्य अमेरिका झन भन्दा झन एक्लिएको छ,’ उनले भने । अमेरिकाको गैरकानूनी तर्कमा कुनै पनि अन्तर्रा्ष्ट्रिय संघसंस्थाले समर्थन जनाउने छैनन् ।

सम्झौताबाट फर्किने र नाकाबन्दी लगाउने ट्रम्पको घोषणासँगै इरानमाथि खासगरी इरानी मुद्रामा भने समस्या चुलिन थालेको छ । विगत ९ महिनामा इरानी रियलको मूल्य डलरसँगको तुलनामा झण्डै ५० प्रतिशतले अवमूल्यन भएको छ ।

कैयौँ आयातकर्ता तथा निर्यातकर्ताहरूले विदेशी मुलुकसँग ब्यापार गर्न आफूसँग डलरको अभाव भएको बताउँदै आएका छन् ।
तर रौहानीले आफ्ना सम्बोधनहरूमा सामान आयात तथा निर्यातका लागि चाहिने आवश्यक मुद्राको सुनिश्चितता गर्ने बताउने गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL