Logo

विश्वकपको टिकट बेच्न खुलेका ८ सय अनलाईन बन्द

विश्वकपको टिकट बेच्न खुलेका ८ सय अनलाईन बन्द


बिजखबर संवाददाता
0
Shares

मस्को । विश्व फुटवल महासंघ (फिफा)ले आगामी दिनमा हुने विश्वकप प्रतियोगिताको टिकट बिक्री गर्ने भनी खुलेका ८ सयभन्दा बढी अनलाईन बन्द गरेको छ । फिफाको टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका ८ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरेको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई बन्द गरिदिएको हो ।

रसियाका ८ सय ५८ ओटा वेभसाइटहरू बन्द गरिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । रसियामा आउदो जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटवल प्रतियोगिता आयोजना हुन लागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL