Logo

म्यानमारमा चल्यो पहिलो केबलकार, याथेडाउङबाट क्याइक्टीओ प्यागोडासम्म जोडिने

म्यानमारमा चल्यो पहिलो केबलकार, याथेडाउङबाट क्याइक्टीओ प्यागोडासम्म जोडिने


बिजखबर संवाददाता
0
Shares

म्यानमार । २ पुस (रासस÷सिन्ह्वा) । म्यानमारमा पहिलो पटक केबलकार सेवा सुरु भएको छ । चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिएको म्यानमारको क्याइकटिओ प्यागोडामा केबलकार सेवा शुरु भएको समाचारमा उल्लेख छ ।

म्यानमारको मोन प्रदेशमा पर्ने गोल्डेन रकसमेत भनिने त्यस धार्मिक क्षेत्रमा केबलकार सञ्चालन गरिएको ग्योबल न्युलाइट अफ म्यानमारका अधिकारीले आइतबार जानकारी दिएका छन् । दक्षिण कोरियाको कि एसिया नामक कम्पनीले केबलकार सेवा सञ्चालनमा ल्याएको उनीहरुले बताएका छन् ।

देशकै पहिलो केबलकार सेवाको प्राकृतिक र वातावरण संरक्षण मन्त्री यु ओहन विनले शनिबार उद्घाटन गरेका हुन् । उक्त सेवाका लागि छ ओटा टावर निर्माण गरिएको छ र तिनलाई जोडेर ४४ ओटा केबलकार सञ्चालन गरिएको छ । केबलकारको हरेक डिब्बामा बढीमा ८ जना बस्न मिल्ने व्यवस्था छ ।

याथेडाउङ पहाडदेखि क्याइक्टीओ प्यागोडासम्म कार सञ्चालन गरिएको सो केबलकारको यात्रा दश मिनेटको मात्र रहेको कर्मचारीले जानकारी दिएका छन् /(रासस÷सिन्ह्वा)

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL