Logo

बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी नायिकासँग

बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी नायिकासँग


बिजखबर संवाददाता
0
Shares

लण्डन । बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी एक नायिकासँग हुने सुनिश्चित भएको छ ।

अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए ।

राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो समेत सार्वजनिक गरेका छन् ।

प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो ।

एक विज्ञप्तीमार्फत ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।

उनीहरुले केही महिनापछि विवाह गर्ने भएका छन् । विवाहपछि केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नेछन् ।

बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट ह्यारीले पाँचौ पालोमा राजगद्दी सम्हाल्नेछन् ÷रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL