Logo

‘युरोपियन अटो ग्रुप’ द्वारा अमेरिका र इयूबीचको सम्झौताको स्वागत

‘युरोपियन अटो ग्रुप’ द्वारा अमेरिका र इयूबीचको सम्झौताको स्वागत



काठमाडौं । युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू–अमेरिका व्यापार सम्झौताको स्वागत गरेको छ । सम्झौता अन्तर्गत युरोपेली अटो निर्यातमा १५ प्रतिशत कर लागु हुनेछ ।

‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिईए)’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौताले हालैका महिनाहरूमा ट्रान्सएटलान्टिक व्यापार सम्बन्धको बारेमा तीव्र अनिश्चिततालाई कम गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको छ र एसिईए सिद्धान्ततः यस सम्झौताको विकासको स्वागत गर्दछ।

‘तैपनि, अमेरिकाले अटोमोबाइल्स र अटोमोटिभ पाट्र्समा उच्च करवेद्धि कायम राख्नेछ, र यसले ईयूमा मात्र होइन अमेरिकामा पनि उद्योगमा नकारात्मक प्रभाव पार्नेछ,’ एसिईएले भनेको छ । रासस

प्रतिक्रिया दिनुहोस्