Logo

भारतले बिहानै गरेको अन्तरिक्ष उपग्रह प्रक्षेपण असफल

भारतले बिहानै गरेको अन्तरिक्ष उपग्रह प्रक्षेपण असफल



काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को एक प्रक्षेपण असफल भएको छ । आइतबार बिहान भारतको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण यान (पीएसएलभी- सी ६१) मार्फत आफ्नो १०१औं उपग्रह इओएस-०९ (पृथ्वी वेधशाला उपग्रह) प्रक्षेपण गरेको थियो, तर यो प्रक्षेपण सफल हुन भने सकेन ।

पहिलो र दोस्रो चरणमा सफल भएपछि, तेस्रो चरणमा इओएस-०९ मा गल्ती पत्ता लागेको इसरो प्रमुख वी नारायणनले जानकारी दिए । यो पीएसएलभीको ६३औं उडान थियो र पीएसएलभी-एक्सएल कन्फिगरेसन प्रयोग गरेर २७औं उडान थियो ।

इसरोले यस बारेमा जानकारी दिदै भनेको छ- इओएस-०९ को उचाइ ४४.५ मिटर छ । तौल ३२१ टन रहेको थियो । यो ४ चरणमा निर्माण गरिएको थियो । मिसन इओएस-०९ उपग्रहलाई सूर्य सिंक्रोनस ध्रुवीय कक्षमा राख्ने लक्ष्य थियो ।

इओएस-०९ रिमोट सेन्सिङ डेटा प्रदान गर्न डिजाइन गरिएको बताइएको छ । इओएस-०९ विशेष गरी घुसपैठ वा शंकास्पद गतिविधिहरू पत्ता लगाउन डिजाइन गरिएको हो । पहलगाम आतंकवादी हमला र अपरेशन सिन्दूर पछि आतंकवाद विरोधी अपरेशनका लागि यसलाई महत्त्वपूर्ण मानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्