Logo

सिङ्गापुरमा ८८ हजार बढी नयाँ रोजगारी सिर्जना, रोजगारको अवसर पाउनेमा गैरआवासीय धेरै

सिङ्गापुरमा ८८ हजार बढी नयाँ रोजगारी सिर्जना, रोजगारको अवसर पाउनेमा गैरआवासीय धेरै



काठमाडौं । सन् २०२३ मा सिङ्गापुरको कूल रोजगारी ८८ हजार ४०० ले वृद्धि भएको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको श्रम बजार प्रतिवेदनले देखाएको छ ।

laxmi

नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार ५ सय गैर–आवासीय र ४ हजार ९ सय स्थानीय रहेका छन् ।

सिङ्गापुरका बासिन्दाहरूको लागि अधिकांश नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च–भुक्तानीका क्षेत्रमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सन् २०२३ को डिसेम्बरसम्ममा सिङ्गापुरमा आप्रवासी घरेलु कामदारबाहेक अन्य ३७ लाखभन्दा बढी कामदार कार्यरत छन् ।

सन् २०२२ मा छ हजार ४४० रहेको व्यक्तिको रोजगारी कटौती भएकोमा सन् २०२३ मा यो सङ्ख्यामा वृद्धि भई १४ हजार ५९० पुगेको छ । गत बर्ष सिङ्गापुरको दीर्घकालीन बेरोजगारी दर ०।७ प्रतिशतमा स्थिर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL