Logo

रुसले ब्याजदर बढाएर १५ प्रतिशत पुर्यायो, मुद्रास्फीति बढ्ने अनुमान

रुसले ब्याजदर बढाएर १५ प्रतिशत पुर्यायो, मुद्रास्फीति बढ्ने अनुमान



काठमाडौं । बढ्दो मुद्रास्फीतिको दबाब बीच रुसको केन्द्रीय बैंकले शुक्रबार प्रमुख ब्याजदर दुई प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याएको छ ।

laxmi

हालै मुद्रास्फीतिको दबाब केन्द्रीय बैंकको अपेक्षाभन्दा अत्यधिक बढेको बैंक अफ रसियाले जनाएको छ । व्याजदर बढेपछि पनि मुद्रास्फीति बढ्ने अपेक्षा गरिएको छ । बैंकले सन् २०२३ का लागि आफ्नो मुद्रास्फीति प्रक्षेपण अघिल्लो ६–७ प्रतिशतबाट ७–७.५ प्रतिशतमा बढाएको छ । त्यसैगरी सन् २०२४ का लागि ४–४.५ प्रतिशतमा प्रक्षेपण समायोजन गरेको छ ।

बैंकले सन् २०२४ को लक्ष्य चार प्रतिशतबाट मुद्रास्फीति विचलनलाई सीमित गर्न मौद्रिक नीतिलाई थप कडाइ गर्ने पनि जनाएको छ । बैंक अफ रसियाले सेप्टेम्बरमा प्रमुख ब्याज दर १२ बाट १३ प्रतिशतमा पुर्याएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL