Logo

मोबाइलमा गेम खेल्ने कुलतले सम्पूर्ण आम्दानी चट, १३ बर्षकी बालिकाले ४ महिनामा खर्च गरिन १२ लाख

मोबाइलमा गेम खेल्ने कुलतले सम्पूर्ण आम्दानी चट, १३ बर्षकी बालिकाले ४ महिनामा खर्च गरिन १२ लाख



काठमाडौं । मध्य चीनको हेनान प्रान्तमा १३ वर्षकी एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण एउटा परिवारको सम्पूर्ण बचत रकम स्वाहा भएको छ ।

laxmi

साउथ चाइना मर्निङ पोष्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको ब्याङ्क खाताबाट गेम खेलेर १२ लाख रुपैयाँ चट पारेकी हुन् । उनले ३ लाख २३ हजार १ सय ६३ रुपैयाँ गेममा, ५ लाख ६१ हजार ३ सय ३० रुपैयाँ गेम एप्लीकेशन खरिद गर्न र २ लाख ६७ हजार ३ सय ५५ रुपेयाँ साथीलाई गेम खेल्न दिएर खर्च गरेकी थिइन् ।

चार महिनाको अवधिमा उक्त रकम खर्च भएको हो । आमाको ‘डेविट कार्ड’ प्रयोग गरेर मोबइल गेममा पैसा उडाएको ती किशोरीका शिक्षिकाले देखेपछि उनले तत्काल किशोरीकी आमालाई उनकी छोरीको कुलत र रकम स्वाहा पारेको जानकारी गराएकी थिइन् । शिक्षिकाले सूचना प्रवाह गर्दा धेरै ढिलो भइसकेको थियो, आमाको खातामा एक रुपैयाँ ३३ पैसामात्र बाँकी थियो ।

समाचारअनुसार आमाले छोरीलाई आवश्यक परेका बेला विद्युतीय माध्यमबाट खर्च गर्नसक्ने गरी आफ्नो डेविट कार्ड ‘पासवर्ड’सहित प्रदान गरेकी थिइन् । उनका बाबुले त्यति धेरै रकम कसरी खर्च ग¥यो भनेर सोधेपछि उनले खर्चको विवरण दिएकी हुन् । साथीभाइले गेमका निम्ति रकम भुक्तानी गरिदिन आग्रह गरेपछि उनीहरूलाई नाई भन्न नसकेको जवाफ उनले दिएकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL