Logo

भारतको ओडिशामा रेल दुर्घटना : २०० बढीको मृत्यु, ९०० घाइते

भारतको ओडिशामा रेल दुर्घटना : २०० बढीको मृत्यु, ९०० घाइते



नयाँदिल्ली । भारतको ओडिशामा रेल दुर्घटना हुँदा २०० भन्दा बढीको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा ९०० जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ ।

laxmi

ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, बेंगलुरु०हावडा एक्सप्रेस रेल लिगबाट खसेको हो । रेल अर्को मालबाहक रेलमा ठोक्किएपछि २०० भन्दा बढीको मृत्यु भएको छ । भने करिब ९०० जना घाइते भएका छन् ।

सुपरफास्ट ट्रेनको डिब्बा पल्टिँदा धेरै यात्रु फसेका छन् । उद्धार कार्य अहिले पनि जारी छ । रेलको डिब्बामा धेरै चेपिएकोले हाताहाती संख्या बढ्न सक्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL