Logo

पाकिस्तानमा टमाटर ८००, प्याज ६५० र आलु २०० रुपैयाँ किलो पुग्यो, किलोकै एक हजारसम्म पुग्न सक्ने

पाकिस्तानमा टमाटर ८००, प्याज ६५० र आलु २०० रुपैयाँ किलो पुग्यो, किलोकै एक हजारसम्म पुग्न सक्ने



काठमाडौं । पाकिस्तानका लाहोर र पञ्जाब प्रान्तका अन्य भागहरूमा विनाशकारी बाढीका कारण विभिन्न तरकारी र फलफूलको मूल्यमा भारी उछाल आएको छ ।

laxmi

विनाशकारी बाढीका कारण विभिन्न तरकारी र फलफूलको मूल्यमा तीब्र वृद्धिको बीचमा भारतबाट टमाटर र प्याज आयात गर्न सक्ने बताइएको छ ।

लाहोर बजारका थोक व्यापारी जावाद रिजवीले भने, “आइतबार लाहोर बजारमा टमाटर र प्याजको मूल्य क्रमशः ८०० र ६५० रुपैयाँ प्रतिकिलो थियो । तर, आइतबारको बजारमा टमाटर, प्याजलगायत अन्य तरकारी नियमित बजारको तुलनामा प्रतिकिलो १५० रुपैयाँ कममा पाइएको थियो ।

बाढीका कारण बलुचिस्तान, सिन्ध र दक्षिण पञ्जाबबाट आउने तरकारीको आपूर्तिमा नराम्ररी असर परेकाले आगामी दिनमा खाद्यवस्तुको मूल्य अझै बढ्ने उनले बताए । रिजवीले भने, ‘आगामी दिनमा प्याज र टमाटरको मूल्य प्रतिकिलो एक हजार नाघ्न सक्ने देखिएको छ । ’

त्यस्तै, आलुको मूल्य प्रतिकिलो ६५ रुपैयाँबाट बढेर २०० रुपैयाँ पुगेको छ । पाकिस्तान सरकारले वाघा नाकाबाट भारतबाट प्याज र टमाटर ल्याउने विकल्पमा विचार गरिरहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL